नागरिकको गुनासो र सुझाव संकलन गर्न भानु प्रहरीको नागरिक सुनुवाइ !

राजेश कार्की
नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय भानुले नागरिक सुनुवाई कार्यक्रम गरेको छ ।
कार्यक्रममा गुनासो व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय भानुले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कान सहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख दिपक कुँवरले बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा भानु नगरपालिकाका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, डढेलो नियन्त्रण,चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा सहभागीहरूले इलाका प्रहरी भानुको ध्यानाकर्षण गराएका थिए ।
इलाका प्रहरी कार्यलय भानुका प्रमुख दिपक कुँवरकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि भानु नगर उपप्रमुख उमा गोतामे रहेकी थिइन् ।कार्यक्रममा भानु नगरपालिकाका जनप्रतिनिधि, स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रम भानु नगरपालिकाको सभाहल फुस्रेटारमा भएको थियो ।

























