बन्दीपुर बजार इकाईकाे साधारणसभा सम्पन्न

बन्दीपुर बजार इकाईकाे साधारणसभा सम्पन्न

तनहूँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईकाे २९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमकाे प्रमुख अतिथि बन्दीपुर गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरूङले उद्घाटन गर्दै व्यवसायीहरू एकजुट हुनुपर्ने बताइन् । बन्दीपुर पर्यटकीय ठाउँ भएकोले यहाँका व्यवसायीहरू पर्यटकमैत्री हुनुपर्ने उनकाे भनाइ थियो ।


बन्दीपुर बजार इकाईका सभापति घनश्याम उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा
महिला उद्यमी विकास समितिकी जिल्ला उपाध्यक्ष संगीता प्रधान , पर्यटन विकास समिती बन्दीपुरका अध्यक्ष किसान प्रधान ,क्षेत्रीय होटल संघ तनहुँका पूर्व जिल्ला कोषाध्यक्ष सनद कुमार श्रेष्ठ , बन्दीपुर बजार इकाईका सभापति फूलमती थापा , पूर्व अध्यक्ष कृष्ण कुमार पिया , सचिव गीता लम्साल , उप सभापति कर्ण ब श्रेष्ठ , सुजन श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page