आदर्श नमुना क्लबका खेलाडीले हेरे एंजिला फिल्म !
म्याग्दे-४ स्थित आदर्श नमुना क्लबले नेपाली महिला फुटबल टिमकी कप्तान एंजिला सुब्बाको जीवनीमा आधारित एंजिला फिल्म आफ्ना सदस्यहरूलाइ दमौलीमा रहेकाे QFX हलमा देखाएको छ।

फिल्मले सुब्बाको संघर्ष, सफलता र नेपाली फुटबलमा उनको योगदानलाई उजागर गरेको भन्दै विद्यार्थीहरूलाई खेलकुदप्रति प्रेरित गर्ने उद्देश्यले उक्त फ़िल्म बुधवार देखाइएको आदर्श नमुना क्लवका अध्यक्ष अक्षय कायस्थले बताए । क्लबका ४० जना सदस्यहरुलाइ उक्त फिल्म देखाइएको थियो ।

























