बन्दीपुरकाे मुकुन्देेश्ववरी मन्दिरमा चैते दसैं मेला सम्पन्न

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले उद्यमशीलताको विकास र रोजगारीले मात्रै क्षमतावान र युवा पलायन हुनबाट राेक्न सक्ने बताएका छन् । तनहुँकाे बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी मन्दिर दरबार निर्माण तथा संरक्षण समितिले शनिबार आयोजित चैत्राष्टमी पूजा समारोहमा बोल्दै मन्त्री गुरूङले साे कुरा बताएका हुन् ।

अर्थतन्त्रलाई सबल बनाउन कृषि र पर्यटनलाई एनएएसी मोडेलमा लैजानुपर्नेमा उनले जोड दिए ।
नेचर, एग्रिकल्चर टुरिटम, एडभेन्चर र कल्चर (एनएएसी) लाई संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन भित्र्याउन सकिने प्रचूर संम्भावना रहेको उनले बताए ।
“कृषि र पर्यटनलाई प्राथामिकतामा राखेर सुखी नेपाली,आत्मनिर्भर र समुन्नत प्रदेश बनाउने गरी गण्डकी प्रदेश सरकार अघि बढेको छ उनलेे भने ।
उद्यमशीलताको विकास र रोजगारीले मात्रै क्षमतावान र युवाशक्ति स्वदेशमा अट्न सक्ने हुँदा यस्ता कार्यक्रमलाई प्राथामिकतमा राखिएको मन्त्री गुरुङले बताए ।
समाजमा पछिल्लो समय निराशा र योग्य नागरिक मुलुक छाडेर विदेसिने क्रम बढेकोप्रति इंगित गर्दै मन्त्री गुरुङले भने “विदेश जाने शक्तिलाई स्वदेशमै बस्न सक्ने वातावरण सिर्जना गर्न प्रदेश सरकार लागिपरेको छ ।” नेपालको आधुनिक पर्यटनको सुरुवात गण्डकी प्रदेशबाट भएको चर्चा गर्दै मन्त्री गुरुङले यस प्रदेशलाई पर्यटनको हब बनाउन लाग्नुपर्नेमा जोड दिए । मन्त्री गुरूङले बन्दीपुर र बन्दै गरेको मुकुन्देश्वरी मन्दिर निर्माण लगायतको बिषयमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने र त्यसको लागि सबै कुरामा हातेमालो गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले मुकुन्देश्वरी मन्दिर बन्दीपुरकाे गहना भएको बताउँदै यसको एतिहासिक , धार्मिक महत्त्वकाे उजागर सँगै संरक्षणमा लाग्न गाउँपालिकाले बृहत् डिपीआर तयार पारी अगाडि बढेको बताए । समग्र बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य तथा ऐतिहासिक पर्यटकीय स्थल मणिमुकुन्देश्वरीको प्रचारप्रसार गर्ने उद्देश्य एवं बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल पार्ने उद्देश्यले मेला आयाेजना गरिएको बताए ।

मन्दिर निर्माण समितिका अध्यक्ष सुकुमलाल गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरूङ , वडाअध्यक्ष परमेश्वर भट्टराई , काङ्ग्रेस नेता देवकुमार श्रेष्ठ , रेशम गुरूङ लगायतका बक्ताहरूले बाेलेका थिए । चैत्र दसैं मेलामा टाढाटाढाबाट दर्शनार्थी हरू आएका थिए । बाजागाजा सहित भएको उक्त कार्यक्रममा बाेका , परेवा बलि दिईएकाे थियो ।
























