मिछुर्लुङ बहुउदेश्यीय सामुदायिक भवनकाे पुर्व मन्त्री आलेले गरे उद्घाटन
तनहुँकाे भिमाद ५ मा प्रदेश सरकार र भिमाद नगरपालिकाकाे आर्थिक सहयोगमा निर्माण गरिएको मिछुर्लुङ बहुउदेश्यीय सामुदायिक भवन र मिछुर्लुङ सेमिनार हलको शनिबार उदघाटन गरिएको छ । बहुउदेश्यीय भवनको गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री एवम प्रदेश सभा सदस्य जीतप्रकाश आलेले उदघाटन गरेका थिए । यस्तै मिछुर्लुङ सेमिनार हलको भिमाद ५ का वडा अध्यक्ष पदम बहादुर थापाले उदघाटन गरेका थिए ।

मिछुर्लुङ बहुउदेश्यीय भवनमा ईनडोर खेल व्याटमिन खेल खेल्न मिल्ने, सभा तथा पाटी सञ्चालन गर्न मिल्ने ठूलो हल र दुईवटा कार्यालय निर्माण गरिएकाे छ । उक्त्त भवनको गण्डकी प्रदेश सरकारले ३७ लाखमा निर्माण गरेको हो भने भिमाद नगरपालिकाबाट १५ लाखमा मिछुर्लुङ सेमिनार हल निर्माण गरिएकाे हाे । मिछुर्लुङ सामुदायिक होमस्टेको अग्रसरतामा पर्यटन पूर्वाधार कार्यक्रम मार्फत मिछुर्लुङ बहुउदेश्यीय भवनको निर्माण भएको हो ।

























