गगन थापा आज दमाैली आउने
नेपाल तरूण दल तनहुँकाे आयाेजनामा हुने प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा आज दमाैली आउने भएका छन् । दमाैली सभाहलमा हुने तरूण यात्रा पुस्तक विमाेचन तथा प्रशिक्षणकाे लागि महामन्त्री थापा सहितका प्रभावशाली केन्द्रीय नेताहरू दमाैली आउने तरूण दलका जिल्ला अध्यक्ष हिरा थापाले बताए ।
उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला भरिका तरूणहरूलाइ सहभागीताकाे लागि खबर गरिसकेको समेत थापाले जानकारी दिए ।

पार्टीका प्रभावशाली नेताहरू आउने भए पछि जिल्लामा तरूणहरू उत्साहित भएको तरूण दल व्यास नगर सभापति युवराज भण्डारीले बताए । कार्यक्रममा व्यास नगर लगायत जिल्ला भरका युवा साथीहरू आउने समेत भण्डारीले जानकारी दिए । उक्त कार्यक्रमका लागि सम्पुर्ण तयारी पूरा भएको र ११.३० बजेबाट कार्यक्रम सुरु हुने तरूण दलका सचिव सुवाेध वाग्लेले बताए ।

























