स्थापना दिवसको अवसरमा ने वि संघ भानु द्वारा कर्मदा माबिमा शैक्षिक तथा खेलकुद सामग्री वितरण
नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ भानु नगर कार्य समितिले भानु-९ स्थित कर्मदा माबि बाईसजागरमा शैक्षिक तथा. खेलकुद सामग्री वितरण गरेको छ । नेपाल विद्यार्थी संघ भानु नगर कार्य समितिका सभापति सुजन थपलियाको सभापतित्वमा सम्पन कार्यक्रममा नेबि संघका पूर्व महामन्त्री तथा भानु नगर प्रमुख आनन्दराज त्रिपाठीकाो प्रमुख आतिथ्यता रहेको थियो ।

५६ औं स्थापना दिवसको अबसरमा कर्मदा मा.वि का ५६ जना बिद्यार्थीलाई शैक्षिक तथा बिधालयलाई खेलकुदको सामाग्री हस्तान्तरण गरीएको नगर सभापति थपलियाले बताए । बिधालयमा शैक्षिक सामाग्री बितरण गरेकोमा बिधालयको तर्फ बाट बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दीर्घराज पाण्डेले धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिपाठीले बिद्यार्थीको शैक्षिक र खेल क्षेत्रको बिकासको लागि नेपाल बिद्यार्थी संघले गरेको यस कार्यलाई धन्यवाद दिदै नेपाल बिद्यार्थी संघको ५६ स्थापना दिवसको सम्पुर्णमा शुभकामना व्यक्त गरेका थिए ।

























