विभिन्न कार्यक्रम गरी मनायो नेविसंघ तनहुँले स्थापना दिवस

विभिन्न कार्यक्रम गरी मनायो नेविसंघ तनहुँले स्थापना दिवस

नेपाल बिधार्थी संघ तनहुँले स्थापना दिवसको अवसरमा आफ्नो मातहतको पालीका र ईकाइमा जिल्लाको ८ स्थानमा कार्यक्रम सम्पन्न गरेको छ ।


नेविसंघले दमौली अस्पतालमा वृक्षरोपण कार्यक्रम , देबघाटमा अपाङ्ग बिधार्थीलाई शैक्षिक सामग्री बितरण , भानु नगरपालीकामा खेलकुद तथा शैक्षिक सामग्री बितरण , आदिकवि भानुभक्त क्यापसमा शैक्षिक सामाग्री र वृद्व आश्रममा फलफुल वितरण , भानुभक्त क्यापसमा आथिक सहयोग र वृद्व आश्रममा फलफुल वितरण गरेको छ । यस्तै जनज्योति क्यापसमा वृक्षारोपण र अन्तकृया कार्यक्रम , ऋषिङ्गमा शैक्षीक सामग्री बितरण र घिरिङ्गमा शैक्षीक सामाग्री बितरण कार्यक्रम गरेको नेविसंघ तनहुँका अध्यक्ष आशिष कैनीले बताए ।
उक्त कार्यक्रमहरूमा नेपाली काङ्गेस जिल्ला सभापति , निवर्तमान सभापति , पूर्व सभापति ,महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य , ने.बि.संघ केन्दिय सदस्य तथा नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।
विगतको भन्दा फरक तरिकाले विभिन्न स्थानमा रचनात्मक कार्यक्रम गरी संगठनलाई मजुबुत बनाउन र अधिबेशन सुरू गर्न जिल्लाको हरेका स्थानमा कार्यक्रम आयोजना गरेको अघ्यक्ष कैनीले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page