लाेकप्रियकाे स्वास्थ्य शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित
दमाैलीकाे लोकप्रिय स्वास्थ्य क्लिनिकको आयोजना र यूआरएल को प्राविधिक सहयोगमा सुगर , थाइराइड र हार्मोनरोग सम्बन्धि शिविरमा ३४१ जना सेवाग्राहिले सेवा लिएका छन् ।

सिवीरमा सुगर , पेसर लगायतको निशुल्क रक्त परिक्षणका साथै बरिस्ठ सुगर थाइराइड हर्मोन विशेषज्ञ डा उमानाथ अधिकारीले उक्त रोगको बारेमा सचेतना कार्यक्रम गरिएको थियो ।
गण्डकी प्रदेशसभा सदस्य अशोक कुमार श्रेस्ठकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ब्यास नपा प्रमुख बैकुण्ठ न्यौपाने , नेकपा एमाले जिल्ला अध्यक्ष हरिराज कडेल , युआरएल अध्यक्ष ठाकुर प्रसाद पन्त , हाडजोर्नि नशारोग विशेषज्ञ डा अर्जुन पन्त, जिल्ला समन्वय समिति नि उपाध्यक्ष पबित्रा पौडेल, महिला उधमी सघ जिल्ला अध्यक्ष निर्मला मल्ल , इनर व्हील अध्यक्ष नारायणी मल्ल लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सन्चालन यूआरएल का प्रबन्ध निर्देशक गणेश कोइरालाले गरेका थिए भने लोकप्रिय क्लिनिकको तर्फबाट राजु दाहालले धन्यवाद ज्ञापन गरेका थिए ।

























