प्रेम प्रस्ताव अस्विकार गर्दा गाेली प्रहार
बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा आज बिहान होटल सञ्चालिका २९ वर्षीया टिका विष्ट क्षेत्रीमाथि गो’ली ‘प्र’हार भएको छ। होटल खोलेर सरसफाइ गर्दै गर्दा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका युवकले गो’ली हानेर फरार भएका हुन्। कम्मरमाथि गो’ली लागेकी टिका गम्भीर घाइते भएकी छन्।उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन रिफर गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए ।

उनले गो’ली हान्ने युवक भारतीय नागरिक आलम अन्सारी भएको प्रहरीसमक्ष बताएकी छन्, तर थप विवरण खुलेको छैन। छिमेकीका अनुसार अन्सारी पहिलेदेखि होटलमा आउने, टिकालाई मन पराउने र केही दिनअघि भनाभनसमेत भएको थियो। टिकाको स्थायी घर पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा हो भने हाल उनी बुद्धनगरमा होटल सञ्चालन गर्दै आएकी थिइन्। घटनाको अनुसन्धान जारी छ।

























