नेपाल किसान महासंघ तनहुँकाे अध्यक्षमा सरस्वती

नेपाल किसान महासंघ तनहुँकाे अध्यक्षमा सरस्वती

नेपाल किसान महासंघ तनहुँकाे जिल्ला अधिवेशन आइतबार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले शुक्लागण्डकी ८ की सरस्वती गाैतमलाइ अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

यस्तै समितिकाे उपाध्यक्षमा व्यास १० कि कालिका पाैडेल , सचिवमा देवघाटका दिलबहादुर वाचे मगर र सहसचिवमा भाेजराज लामिछाने चयन भएका छन् । यसैगरी समितिकाे सदस्यहरूमा मानबहादुर थापा , केशरबहादुर थापा , रेशम माया जैरे , विष्णु सुवेदी , आनन्द काफ्ले , तुलसी पन्त , रामनाथ भट्टराई , पदमबहादुर राना , जितमाया राना , सन्तोषी सुनार र श्रीबहादुर आले चयन भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page