इस्टर (पुनरुत्थान) महोत्सव दमाैलीमा सुरु , सयौं ख्रीष्टियनहरु सहभागी
तनहुँ जिल्लाका सम्पूर्ण १ सय २० वटा चर्चहरुको संयुक्त सहभागीतामा दमाैलीमा इस्टर (पुनरुत्थान) महोत्सव-२०८२ सुरु भएको छ । शान्तिको सुसन्देश दिने उद्धेश्यले आयाेजना भएको महोत्सवमा सयौंको संख्यामा इसाईहरुको सहभागीता रहेकाे आयाेजकले दावी गरेको छ । तनहुः खिष्टियन समाजकाे आयाेजनामा भएको कार्यक्रममा जिल्ला भित्र रहेका ५ हजार खिष्टियन रहेकोमा २ हजार भन्दा बढीकाे सहभागीता रहेको सचिव टेक बरामुले बताए ।

येशु ख्रीष्ट बौरी उठनु भएको दिन भएकोले सम्पूर्ण ख्रीष्टियन समुदायले यस दिनलाई विशेष रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भव्यताका साथ विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउँदै आइरहेका छन् ।

इसाई धर्मावलम्बीले यस दिन बिहान सबेरै आ–आफ्ना चर्चमा बिहानीको प्रार्थना सेवापछि शहरका विभिन्न ठाउँमा भेला भई शान्ति प्रार्थनामा सहभागी हुदैँ हर्षका साथ भजन गीतहरू गाउँदै, नाच्दैँ पुनरूत्थान महोत्सवमा सहभागी हुने गर्दछन् ।
























