मातहतका दुई इन्स्पेक्टर लाइ उत्कृष्ट प्रहरी घाेषित गराउन सफल तनहुँका एसपी शाही

मातहतका दुई इन्स्पेक्टर लाइ उत्कृष्ट प्रहरी घाेषित गराउन सफल तनहुँका एसपी शाही

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बीरेन्द्र बहादुर शाही उत्कृष्ट अभिभावकीय भुमिका निभाउन सफल भएकोमा चर्चामा आएका छन् । राजनीतिक दल , नागरिक समाज , स्थानीय तह देखि आम जिल्लाबासीकाे मन जितेर काम गर्दै आएका शाहीकाे गण्डकी प्रदेश बाट हरेक महिना दिइने उत्कृष्ट प्रहरी घाेषित पुरस्कारमा शाहीले कमाण्ड गरेको जिल्ला मातहत आँबुखैरेनी र बेलचाैताराका दुई इन्स्पेक्टर सम्मानित हुन सफल भए पछि उनको चर्चा चुलिएको हाे ।
गत फागुन महिनामा आँबूखैरेनीका इन्स्पेक्टर टेक प्रसाद सुवेदी र चैत महिनाको उत्कृष्टमा बेलचाैताराका इन्स्पेक्टर पाेषण थापा लगातार परेपछि त्यसको कमाण्ड गरेका जिल्ला प्रमुखको चर्चा ह्वात्तै बढेको छ । त्यतिमात्रै हाेइन दुईवटा इन्स्पेक्टरलाइ प्रदेशमा उत्कृष्ट बनाउन सफल भएकोमा उनलेे एउटा रेकर्ड समेत बनाएका छन् ।

इ प्र का बेलचौताराका प्रमुख प्रहरी निरिक्षक थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित भएका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रत्येक महिना प्रहरी कर्मचारीबाट सम्पादित कार्यको उचित मुल्यांकन गरी कार्यसम्पादनमा प्रभावकारीता एवम् थप हौसला प्रदान गर्ने उदेश्यले उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गर्दै आएकाे सिलसिलामा चैत महिनाकाे उत्कृष्ट प्रहरीमा थापा पुरस्कृत भएका हुन् ।
प्रहरी निरिक्षक थापाले चैत महिनामा ५५ वर्षिय मंगल गिरीको हत्या गरी फरार तीन जनालाई पक्राउ गर्न सफल भएको, कार्यालय परिसरमा रहेको दुर्गा भगवती मन्दिर पुनःनिर्माणका साथै प्रतिक्षालय निर्माण , कार्यालय सौन्दर्यकरण गरी व्यवस्थित बनाएका थिए । साथै इलाकामा शान्ति सुरक्षा कायम गरी प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गरेको हुँदा उत्कृष्ट कार्यविधि २०८१ बमोजिम उत्कृष्ट प्रहरी घोषणा गरिएको थियो ।

यस्तै प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले प्रत्येक “महिनाको उत्कृष्ट प्रहरी (Best Police Of the Month)” घोषणा गर्ने अभिप्रायले तयार पारिएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधी २०८१” को अधिनमा रही मातहत सम्पुर्ण कार्यालयहरुबाट सिफारिस भई आएका उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट सर्वोत्कृष्ट छनौटमा आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेकप्रसाद सुवेदी सर्वोत्कृष्ट प्रहरी घोषित भएका थिए ।

संगठनको नीति निर्देशनअनुसार उनिहरूलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ निर्वाह गर्नुका साथै लागुऔषध नियन्त्रण, अवैध हातहतियार बरामद, सचेतनामूलक कार्यक्रम तथा आन्तरिक भौतिक पूर्वाधारको पुनर्निर्माण र संरक्षणमा नेतृत्वदायी भूमिका खेलेको भन्दै जिल्लाकाे सिफारिसकाे आधारमा उनिहरू पुरस्कृत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीले बताए ।
समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्दै प्रहरी संगठनको छवि उच्च राख्न योगदान पुऱ्याएका कारण लगातार तनहुँका दुई इलाका प्रमुखहरू पुरस्कृत हुन पाउनु गाैरबकाे बिषय भएको प्रमुख शाहीले बताए ।

समाजमा बढिरहेका सुरक्षा चुनौतीको सामना गर्दै सबल र सक्षम प्रहरी अधिकृतको भुमिका निभाउँदै आएका उनिहरूले हरेक दिन जसो लागुपदार्थ ओसारप्रसार गर्ने ठुलो गिरोहलाइ समाउन सफल हुँदै आएका थिए ।

एकपछि अर्को उत्कृष्ट काम गरि आँफुलाइ अव्वल प्रहरी अधिकृतको रूपमा परिभाषित गर्न सफल हुनुमा प्रहरी प्रमुख शाहीकाे निर्देशन महत्त्वपूर्ण थियो । निकै सुझबुझका साथ दिएका निर्देशन , सहकार्य र तल्लो तहका प्रहरी अधिकारीहरू सँग घुलमिल हुँदै काम गर्न हाैसला प्रदान गरेका कारण उनिहरूमा आएकाे जाेस , आँट र परिपक्वताले उत्कृष्टमा लगातार तनहुँबाटै छनाेट हुन सम्भव भएको हाे।

सिमित साधनश्रोतका बाबजुद अपराध नियन्त्रण, अनुसन्धान र ट्राफिक व्यवस्थापन एंव समग्र शान्ति सुरक्षा कायम गर्दै जिम्मेवारी पुरा गर्न प्रहरी काविल छ भन्ने शन्देश समेत जिल्ला इन्चार्ज शाहीको कमाण्डले देखाउँदै आएको छ । याे सबैकाे साथ ,सहयोग र टिमवर्ककाे परिणामले सम्भव भएको प्रहरीको भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page