व्यास २ का युवालाई कफी बनाउने तालिम
व्यास नगरपालिका वडा नम्बर २ को आयोजना तथा नगरपालिकाकाे सहयोगमा एक महिने कफि बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयले २५ जनालाई एक महिने आधारभुत वारिष्ता तालिम प्रदान गरेकाे व्यास -२ का वडा अध्यक्ष काशिराम श्रेष्ठले बताए । बेरोजगार युवा यूवतीहरुलाई स्वरोजगार सृजना गरि बेरोजगारी हटाउन उक्त तालिमले केही सहयोग पुग्ने वडाले विश्वास लिएको अध्यक्ष श्रेष्ठले बताए ।

वडा सदस्य सुरेश वाग्लेले पछिल्लो समय शहर र गाउँबाट युवा यूवतीहरु विदेश पलायनको दर दिन प्रतिदिन बढ्नु दुःखद् पक्ष भएको बताउँदै स्वदेशमा नै रोजगारीको सृजना गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।

उक्त अवसरमा वडा सदस्य जगत बहादुर बानिया, सविता रसाईली ,रफत साना मिया , प्रशिक्षक अन्जिल मिया लगायतले युवाहरुलाई स्वरोजगार बताउनुका साथै आयआर्जनको पेशा सृजना गर्न सके विदेशीनेहरुको संख्यामा पनि कमि आउने बताए। तालिममा सहभागीहरुले तालिम पश्चात आफुहरुले छिट्टै व्यवसाय सुरु गरिने पनि बताएका थिए।
























