वाइसीएल म्याग्देकाे अध्यक्षमा अशोक
वाइसीएल नेपाल म्याग्दे तनहुँको तेस्रो अधिबेशन सुक्रवार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा सर्वसम्मत रूपमा अशोक खातीलाइ चयन गरेको छ ।

यस्तै समितिकाे उपाध्यक्षमा नवीन श्रेष्ठ, खुशिराम दुलाल र निरोज श्रेष्ठ तथा सचिबमा-दिपक रोका र सहसचिवमा द्वय दिपक सदाशंकर र सन्ताेष विक लगायत ३१ सदस्यीय समिति गठन गरिएको नेकपा माओवादी केन्द्र म्याग्देका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य इन्द्रबहादुर अधिकारी प्रमुख अतिथि रहेका थिए ।
























