काङ्ग्रेस नेता भट्टराई भानुका जनता सँगकाे भेटघाटमा व्यस्त:
नेपाली काङ्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराइ तनहुँका विभिन्न स्थानका जनता सँग भेटघाटमा व्यस्त रहेका छन् । पछिल्लो समय नेता भट्टराईले भानु नगर पालिका वडा न १२ मिर्लुङ, छहरे, आरुबोट, आले हुदै चन्द्रवती को जनता सँग भेट्घाट गर्दै त्यहाँका जनताको समस्याकाे बारेमा चासो राखेको काङ्ग्रेस नेता रेशम गुरूङले बताए ।

जनताको काम गर्न निर्वाचनमा जित्नैपर्छ भन्ने मान्यतालाई चिर्दै भट्टराईले निरन्तर गाउँगाउँमा पुगी जनता सँग भेटघाट गरिरहेको नेता गुरूङले जानकारी दिए ।

भेटका अवसरमा स्थानीयले गाउँमा भएका समस्याहरूकाे बारेमा कुरा राख्ने गरेको र नेता भट्टराई इमानदार नेता भएकोले बारम्बार गाउँ घरमा आइरहने गरेको बताएका थिए ।




































