मगर बिद्यार्थी भानुभक्त क्याम्पस द्वारा पराशर पार्ककाे सरसफाइ:
नेपाल मगर बिधार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको आयोजनामा आज पराशर पार्कको सरसफाई गरिएको छ।
मगर बिधार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको वनभोज तथा होली शुभकामना कार्यक्रममा सरसफाइ गरिएको हाे ।

उक्त अवसरमा द नेक्स्ट कन्सल्टेन्सि को प्रायोजनमा सरसफाई खेल समेत भएको थियो । जसले धेरै फोहोर संकलन गर्छ उसैलाई पुरस्कार दिने भनिएको प्रतियोगितामा सम्पुर्ण सहभागी हरुलाई पुरस्कृत गरिएको थियो। पराशर पार्कमा भएको उक्त कार्यक्रममा ठूलो मात्रामा फोहोर संकलन भएको मगर बिद्यार्थी संघले जनाएको छ ।





































