डिआईजी अरुण पौडेलले सम्हाले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी !

डिआईजी अरुण पौडेलले सम्हाले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी !

डिआईजी अरुण पौडेलले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल काठमाडौंबाट सरुवा भएका डिआईजी पौडेलले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सँगै पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण पश्चात प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाबाट बागमती प्रदेश प्रहरी कार्यालयको समग्र वस्तुस्थितिबारे जानकारी लिनुको साथै कार्यरत सम्पुर्ण सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी तथा प्रहरी कर्मचारीहरूलाई व्यक्तिगत स्वार्थ भन्दा पनि साँगठनिक नीति अनुरुप नागरिक सेवालाई केन्द्र विन्दुमा राख्दै प्रहरीको छवि उच्च राख्न आवश्यक निर्देशन समेत दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page