केशवराज आमोदीद्वारा लिखित ‘मत्स्यगन्धा’ महाकाव्यको दमौलीमा लोकार्पण

केशवराज आमोदीद्वारा लिखित ‘मत्स्यगन्धा’ महाकाव्यको दमौलीमा लोकार्पण

पौराणिक कथामा आधारित केशवराज आमोदीद्वारा लिखित ‘मत्स्यगन्धा’ महाकाव्यको दमौलीमा लोकार्पण गरिएको छ। व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले महाकाव्यको लोकार्पण गर्दै व्यास नगरपालिका सबै भाषा र साहित्यको विकासमा लागेको बताए । उनले भने – मत्यगन्धा महाकाव्यले व्यास, पराशर ऋषिको तपोभूमी सिङ्गो तनहुँ र दमौलीको प्रचारमा टेवा पुग्ने छ। ’व्यास प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं व्यासका अध्येता काशिनाथ न्यौपानेले मत्स्यगन्धा महाकाव्य नेपाली साहित्यको एक ओजनदार सम्पत्ति बन्ने विश्वास व्यक्त गरे ।चार वेद अठार पुराणका रचयिता भगवान वेद व्यास तथा पराशर ऋषिको तपोभूमि दमौली वरपरलाई केन्द्रबिन्दु बनाएर रचित उक्त महाकाव्य लोकार्पण कार्यक्रममा रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार रामबाबु घिमिरे, पुस्तकका रचयीता केशवराज आमोदी, गण्डकी वाङ्मयका पूर्व अध्यक्ष एवं साहित्यकार सागर उदास, त्रिवेणी साहित्य समाजका अध्यक्ष प्रा. डा. नारायण खनाल, व्यास प्रज्ञा प्रतिष्ठानका सदस्य देवि वहादुर बस्नेत, नेपाली लेखक सङ्घ तनहुँका अध्यक्ष एवं साहित्यकार शंकरराज नहर्की, बोटे समाज तनहुँका अध्यक्ष होम बहादुर बोटे , दरै समाज तनहुँका अध्यक्ष ठाकुर बहादुर दरै लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष गौकुमारी न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  स्वागत उपाध्यक्ष अञ्जु दाहालले गरेकी थिइन भने सचिव अमराज नहर्कीले कार्यक्रमको सहजिकरण गरेका थिए । विक्रम संम्बत २०१३ सालमा तनहुँको केशवटार, सुखौरामा जन्मेका आमोदीको यो १६ औं कृति हो । यस अघि उनका हिमाल रुन्छ( उपन्यास), अखण्य रोदन (खण्डकाव्य) सत्ता साधना (मुक्तक सङ्ग्रह), उषा अनिरुद्ध (महाकाव्य) प्रकाशित छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page