दुलेगौंडामा सम्पन्न गण्डकी प्रदेश स्तरीय गजल प्रतियोगितामा कास्कीका निकेश प्रथम

दुलेगौंडामा सम्पन्न गण्डकी प्रदेश स्तरीय गजल प्रतियोगितामा कास्कीका निकेश प्रथम

तनहुँको शुक्लागण्डकी –४ दुलेगौंडामा शनिवार सम्पन्न गण्डकी प्रदेश स्तरीय गजल प्रतियोगितामा कास्कीका निकेश गिरी प्रथम भएका छन् । शुक्ला साहित्य संगमले आयोजना गरेको प्रतियोगितामा गोरखाका कृष्ण बहादुर महत द्धितीय र कास्कीका मदन घिमिरे तृतीय भए । प्रथम,द्धितीय र तृतीय हुनेहरुले क्रमशः ११ हजार, ७ हजार र ५ हजार नगदका साथै प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजु, संगमका संरक्षक शेषमणि आचार्य, संंगम अध्यक्ष टुकादेवी पौडेल आचार्य लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा गजलकार रुपिन्द्र प्रभावी ‘कटु’, सरस्वती श्रेष्ठ ‘सरु’ र अनुराग अधिकारी निर्णायक रहेका थिए । शुक्ला साहित्य संगमको आयोजनामा शुक्लागण्डकी नगरपालिकाको युवासँग नगरपालिका कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो । गण्डकी प्रदेशभरका ३० जना गजलकारले अनलाइनमार्फत सिर्जना पठाएका थिए । उत्कृष्ट १० मा छनोट भएकालाई शनिबार प्रतिस्पर्धा गराइएको हो । संगम अध्यक्ष टुकादेवी पौडेल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जुना खड्काले गरेकी थिइन् ।

फाेटाे शुक्लागण्डकी एफएम

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page