जिप्रका तनहुँबाट डिएसपी खाँणकाे बिदाइ:

जिल्ला प्रहरी कार्यालय तनहुँले डिएसपी माेहन बहादुर खाँणकाे बिदाइ एवम् फेरि भेटाैंला कार्यक्रम गरेको छ । जि प्र का तनहुँमा रहेका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाण सरुवा भै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनमा जान लागेका उनको बिदाइ गरिएको हाे ।

जिप्रका तनहुँका प्रमुख एसपी अपील राज बोहराको प्रमुख आतिथ्यतामा प्रहरी अधिकारीहरूकाे टाेलिले उनको बिदाइ तथा फेरि भेटौला कार्यक्रम गरेको हाे ।





































