बन्दीपुरमा भएको हाेली कार्यक्रममा सुदुरपश्चिमेली देउडा नाच प्रस्तुत:

तनहुँकाे बन्दीपुर बजारमा हाेलीकाे राैनक देखिएको छ । कला तथा संस्कृति आदानप्रदान आन्तरीक तथा बाह्य पर्यटकको सम्मान” भन्ने मुल नाराका साथ भएको कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकहरू ले हाेली मनाएका थिए ।

उक्त कार्यक्रममा विशेष आर्कषणकाे रूपमा सुदुर पश्चिमेली देउडा नाच प्रस्तुत गरिएको क्षेत्रीय हाेटल संघ तनहुँका उपाध्यक्ष विपिन प्रधानले जानकारी दिए । सुदुरपश्चिमेलि देउडा हाेली हेर्न स्थानीयकाे भिडभाड लागेको थियो ।

यस्तै उक्त अवसरमा अन्य विविध सांस्कृतिक कार्यक्रम तथा विभिन्न खेलहरू समेत आयाेजना भएको प्रधानले बताए ।

बन्दीपुर टेक्निकल इन्ष्टिच्युट , पर्यटन विकास समिति बन्दीपुुर , तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई , नेवाः देवु बन्दीपुर गाउँ कार्य समिति र क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाई तथा रेबान तनहुँ बन्दीपुरकाे संयुक्त आयाेजनामा भएको कार्यक्रमकाे संरक्षकमा बन्दीपुर गाउँपालिका रहेको थियो ।

हाेली बिशेश कार्यक्रमकाे बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सुभारम्भ गरेका थिए । कार्यक्रममा पर्यटन बिकास समिति बन्दिपुरका सभापति किसान प्रधान , क्षेत्रीय हाेटल संघ बन्दीपुरका सभापति संगिता प्रधान , उद्योग बाणिज्य संघ बन्दीपर बजार इकाईका सभापति घनश्याम उपाध्याय , चक्र भण्डारी , पत्थर प्रधान , जितेन्द्र भुमि लगायतकाे उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page