भानुमा सहकारीमा आबद्ध लेखा सुपरिवेक्षण समितिका सदस्यलाई २ दिने क्षमता अभिवृद्धि तालिम

भानुमा सहकारीमा आबद्ध लेखा सुपरिवेक्षण समितिका सदस्यलाई २ दिने क्षमता अभिवृद्धि तालिम

भानु नगरपालिकाको आयोजनामा भानु नगरपालिका भित्र रहेका सहकारीमा आबद्ध लेखा सुपरिवेक्षण समितिका सदस्यलाई २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
उक्त तालिममा सहभागीलाई स्थानीय शासन प्रणाली, सार्वजनिक खर्चको निगरानी, बजेट अनुमान, लेखा परिक्षण प्रक्रिया र पारदर्शिता कायम गर्नुपर्ने उपायहरुका बारेमा जानकारी दिइनुका साथै लेखा सुपरिवेक्षणको काम, कर्तव्य र अधिकारका बारेमा थप प्रष्ट पारिएको थियो।

तालिममा प्रशिक्षकको रुपमा थम्प्स अप कन्सल्टेन्टका संचालक रविन्द्र राज पौडेल र भिमाद नगरपालिका प्रशासकीय अधिकृत अजय सुवेदीले सहजिकरण गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख आनन्द राज त्रिपाठी , उपप्रमुख उमा गाेतामे , प्रमुख प्रशासकीय अधिकृत गाैतम राज भण्डारी लगायतले लेखा सुपरिवेक्षण समितिको भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।
दुई दिने उक्त तालिमले सहभागीहरुलाई व्यबहारिक ज्ञान र कार्यान्वयन क्षमता विकासमा सहयोग पुर्याउने विश्वास लिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page