मुस्लिम समुदाय सँग जेसीआई व्यासनगर:

बन्धुत्वकाे भावना विकासकाे लागि मुस्लीम धर्मावलम्बीहरु सँग जेसीआई व्यासनगर मस्जिदमा पुगेको छ ।
मुस्लिम धर्मावलम्बीहरुकाे महान पर्व रमदानकाे अवसरमा जेसीआई व्यासनगर द्वारा आत्मियताकाे लागि सानो सहयोग उपहार सहित पुगेको जेसीआई व्यासनगर अध्यक्ष नवीन पुरीले बताए । धार्मिक सहिष्णुताको लागि सेवा नैं धर्म हाे भन्ने भावनाले पुगेको गिरीले बताए ।

मुस्लिम समुदायको महान पर्व रमदानको अबसरमा विभिन्न क्षेत्रमा उदाहरणिय काम गर्दै आएकाे JCI ब्यास नगरले रोजा खोल्नका निमित्त फलफूल तथा पानी सहयोग गरेकाेमा दमौली मुस्लिम अन्जुमन कमिटीका सदस्य महम्मद गफ्फार(सुदिप)ले धन्यवाद दिएका छन् । उक्त अवसरमा जेसीआई व्यासनगरका पुर्व अध्यक्षहरू , पदाधिकारीहरू र समितिका सदस्यहरूकाे सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page