सफा सडक स्कुटर दुर्घटनामा गम्भीर घाइते दुईलाई पाेखरा रिफर , एक फरार:

फाइल फाेटाे
फाइल फाेटाे

आइतवार साँझ ७ बजे ब्यास न.पा ३ सफा सडक स्थित भित्री सडक खण्डमा भएको स्कुटर दुर्घटनामा घाइते भएका दुई जनालाई पाेखरा रिफर गरिएको छ ।

अनसन चौतारीबाट सफासडक तर्फ आउदै गरेको  ग १९ प ५३२१ नं. स्कुटर(३ जना सवार) र बिपरित दिशाबाट जादै गरेको ग १८ प ३४४७ नं. को स्कुटर एक आपसमा ठक्कर खाई  दुर्घटना हुदाँ गम्भीर घाईते भएका दुइजना लाई थप उपचारको लागि पाेखरा लगिएको हाे । दुर्घटनामा दुबै सबारी साधन क्षति भएको र हाल प्रहरीको नियन्त्रणमा रहेको तथा   ग १९ प ५३२१ नं. स्कुटर चालक फरार भइ खो.त कार्य भई रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते:-

१)          ग १९ प ५३२१ नं. स्कुटर पछाडी सवार  ब्यास न.पा ३ बस्ने बर्ष २७ को निजाम मिया  तल्लो ओठमा  चोट, अबस्था सामान्य, ऐ.१९:५० बजे जि. अस्पताल दमौली ल्याई उपचार भई रहेको ।

२)          पछाडी सवार ऐ. बस्ने  बर्ष १२ को सलमान मिया नाकमा चोट ,अबस्था मध्यम, ऐ.१९:५० बजे जि. अस्पताल दमौली ल्याई उपचार भई रहेको ।

३)          ग १८ प ३४४७ नं. को स्कुटर  चालक  ब्यास न.पा १ भादगाँउ बस्ने बर्ष २१ को बिबेक दराई कानमा र हातमा चोट ,अबस्था सामान्य ,ऐ.२०:३० बजे पोखरा रिफर ।

४)          ऐ. स्कुटरमा पछाडी सवार ब्यास न.पा २ बस्ने बर्ष १६ कि अंशु मगर  टाउकोमा,अनुहारमा, चोट माथिको २ वटा दाँत भाचिएको, अबस्था मध्यम,ऐ.१९:२५ बजे पोखरा रिफर ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page