ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँकाे देवघाटमा ट्रक पल्टिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देबघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नर बहादुर गुरुङ र सोही ठाउँ बस्ने ४५ वर्षीय बिमाया गुरुङ रहेका छन् । शनिबार दमौलीबाट छिपछिपे तर्फ जादै गरेको ग १ ख ४१८१ नम्वरको मिनि ट्रक राति कोटबैदी भोक्टेनी भन्ने ठाउँमा अनियन्त्रित भै पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको तत्कालै दमौली अस्पताल पठाइएको भएपनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी माेहन बहादुर खाँडले बताए । दुर्घटना भएको ठाउँ टाढा भएकाले उद्धार गरी अस्पताल ल्याउन समय लागेको थियो । अस्पतालमा ल्याएपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए । ट्रक सडक देखि पाँचसय मिटर तल खसेको थियो । चालक युवराज गुरुङ राति फरार भएपनि आइतबार नियन्त्रणमा लिएको डिएसपी खाँणले बताए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page