म्याग्देमा एभरेस्ट माउन्ट सेवा नेपाल फाउन्डेसनकाे उद्घाटन कार्यक्रम सम्पन्न
तनहुँकाे म्याग्देमा एभरेस्ट माउन्ट सेवा नेपाल फाउन्डेसनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका वडा नं ४ स्थित थर्पुमा सनिवार आयाेजित एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि म्याग्दे ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले फाउन्डेसनको उद्घाटन गरेका थिए । फाउन्डेसनको उद्घाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले मानव सेवाकाे भावनाले थर्पुमा मुख्य कार्यालय रहने गरि संस्था स्थापना भएकोमा खुसी व्यक्त गरे । दिन दुखि , गरिब , असहाय , जेष्ठनागरिक हरूकाे लागि स्थापना भएको फाउन्डेसन ज्यादै महत्त्वपूर्ण भएको श्रेष्ठको भनाइ थियो ।

संस्थाका यसै वडामा घर भएका संस्थापक साेमबहादुर रानाको सक्रियता तथा वडाको समन्वयमा काेभिडकाे बेला देखि नैँ धेरै सहयोग हरू वडा भित्रका विपन्न वर्गहरूकाे लागि प्राप्त भएको श्रेष्ठले जानकारी दिए । शिक्षाको क्षेत्र बाट बन्चित भएका हाेस या अपांगता भइ पिडामा बसेकाहरू लाई किन नहाेस संस्थाले सहयोग पुर्याउँदै आएकाे उनले बताए । फाउन्डेसनको उद्धेश्य नैँ ज्यादै महत्त्वपूर्ण भएको कारणले अहिले यहाँ उपस्थित र उपस्थित हुन नसक्ने संस्थाको सिङ्गो टिमलाई नै अध्यक्ष श्रेष्ठले आफ्नाे तर्फबाट र वडाको तर्फबाट धन्यवाद दिए । सामाजिक भावनाले अाेतप्राेत भएको संस्थाको कामप्रति सम्मान गर्दै पालिकाकाे तर्फवाट समेत अध्यक्ष श्रेष्ठले फाउन्डेसनका संस्थापक रानालाइ सम्मानपत्रले सम्मान गरेका थिए । कार्यक्रममा फाउन्डेसनका संस्थापक अध्यक्ष साेमबहादुर रानाले २०७६ सालदेखि टिकटक सञ्जाल मार्फत याे कार्यक्रम सुरु गरिएको बताए । मानव दिन दुखी , अशक्त , अपांग , वृद्ध लगायत क्यान्सर पिडित , मृगौला पिडित, एकल महिला , एकल पुरूष , निमुखाहरूकाे लागि एभरेस्ट माउन्ट सेवा नेपाल फाउन्डेसन सहारा बन्ने गरेको रानाले बताए ।

सेवा नै धर्म हाे भन्ने मुल उद्धेश्य राखि वैदेशिक राेजगारिकाे सिलसिलामा विदेशमा रहेका ४२ जना युवाहरूको टिम खडा गरि फाउन्डेसनको अवधारणा अगाडि बढाइएको उनलेे जानकारी दिए । हामीले जांड रक्सि जुवा तास , फेसन साे , व्युटिपार्लर रेष्टुरेन्ट बार लगायतमा हुने फजुल खर्च लाई बचाएर सामाजिक उत्तरदायित्वकाे भावनामा अाेतप्राेत भइ त्याे बचेको रकम सामाजिक क्षेत्रमा खर्च गराैं भन्ने भावनाले संस्था स्थापना गरेकाे रानाले बताए ।
























