लायन्स क्लव म्याग्देकाे अध्यक्षमा घिमिरे

लायन्स क्लव म्याग्देकाे अध्यक्षमा घिमिरे

लायन्स क्लब अफ तनहुँ म्याग्देको छैटौं अधिवेशन होटल स्काई इन म्याग्दे ४ थर्पुमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा लायन सञ्जिव घिमिरे सर्वसम्मत चयन भएका छन् ।

यस्तै समितिकाे प्रथम उपाध्यक्षमा लायन पोष्टमान श्रेष्ठ ,दित्तिय उपाध्यक्षमा लायन सुदर्शन अधिकारी ,
तृतिय उपाध्यक्षमा लायन नुक्त बहादुर भुजेल ,
सचिवमा लायन शुसिल न्यौपाने र कोषाध्यक्षमा लायन लक्ष्मण श्रेष्ठ चयन भएका छन् ।
त्यसअघि भएको उद्घाटन कार्यक्रममा जाेन चियरपर्सन पिताम्बर तिमिल्सिनाले कार्यक्रमकाे व्यानर पढेर उद्घाटन गरेका थिए ।
लायन्स म्याग्देका अध्यक्ष पशुपति अर्यालकाे अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन मण्डलकाे संयोजकमा जाेन चियरपर्शन गौरवराज राना रहेका थिए भने पुर्व अध्यक्ष सुरेन्द्र अधिकारी ,क्लब प्रशासकः लायन चित्र बहादुर शाही , पाेष्टमान श्रेष्ठ , सचिव सुदर्शन अधिकारी लगायतले आफ्नाे धारणा राखेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page