गणतन्त्र दिवसको अवशरमा भानुमा वृक्षाराेपण
गणतन्त्र दिवसको अवसरमा तनहुँकाे भानुमा सुक्रबार वृक्षारोपण गरिएकाे छ । १८ औं गणतन्त्र दिवश मनाउनका लागि तनहुँ जिल्ला स्तरीय मूल समाराेह समितिकाे आयाेजनामा शसस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हे.क्वा मनकामना भानुकाे संयाेजनमा वृक्षारोपण गरिएकाे मनकामना गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक अशाेक कुमार लम्सालले जानकारी दिए ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र पाेख्रेल, तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी , भू तथा जलाधार संरक्षण ब्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पाैडेल, डिभिजन वन कार्यालय तनहुँका निमित्त प्रमुख शरद अधिकारी, नेपाली सेनाका कालिभञ्जन गण ( ई ) का गणपति प्रमुख सेनानी बसन्त कार्की, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशाेक थापा, भानु २ का वडाध्क्षय केशव त्रिपाठी , सहायक वन अधिकृत राजकुमार श्रेष्ठ लगाएतकाे सहभागिता रहेको थियो ।
कार्यक्रममा एबाेकाडाे, आँप , लिचि, कटहर, चाँप, गुलमाेहर, धुपी, म्याङ्गाेस्टिङ, बेल, किम्बु, राईखनियाे, अमला, निम, कल्की, कपुर, अशाेका, बडहर, पारिजात , हर्राे लगाएतका बिरुवा राेपण गरिएकाे मनकामना गणका शसस्त्र प्रहरी निरीक्षक बसन्त जिसीले जानकारी दिए ।
कार्यक्रमका लागि भू तथा जलाधार संरक्षण ब्यवस्थापन कार्यालय र डिभिजन वन कार्यालय तनहुँले बिरुवा उपलब्ध गराएका हुन् ।

























