चोरी मुद्दामा फरार रहेका भानुका घले पक्राउ
चोरी मुद्दामा फरार रहेका तनहुँकाे भानुका किरण घले पक्राउ परेका छन् ।
जिल्ला अदालत तनहुँको मिति २०७३।१२।१३ गतेको फैसलाले चोरी मुद्दामा ३ दिन कैद सजाय तोकि हालसम्म फरार रहेका घलेलाइ तनहुँ प्रहरीले पक्राउ गरेको हाे ।

जिल्लाकाे भानु नगरपालिका वडा नं.६ बस्ने २९ वर्षका घलेलाई १६ गते व्यास नगरपालिका वडा नं.४ भोर्लेटारचोकबाट नियन्त्रणमा लिइ सम्मानित जिल्ला अदालत तनहुँमा उपस्थित गराए पश्चात् कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

























