नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाको सभापतिमा माधवप्रसाद उपाध्याय
नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाको ३१औं अधिवेशनबाट सभापति पदमा माधवप्रसाद उपाध्याय सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट उप-सभापतिमा राधादेवी खनाल,सचीवमा जयकृष्ण सुवेदी,कोषाध्यक्षमा किरण सुवेदी,
उप-सचीवमा रोशनदेव आचार्य र उप-कोषाध्यक्षमा सुर्यबहादुर राना चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा कमला पोख्रेल,अर्जुन अधिकारी,अनिल मिश्र,दिव्यदेव पौडेल,चुडामणि अधिकारी लगायत चयन भएको बताइएको छ ।

























