नेपाल रेडक्रस सोसाइटी शुक्लागण्डकी १ थप्रेक उपशाखाको सभापतिमा खनाल
नेपाल रेडक्रस सोसाइटी शुक्ला गण्डकी नगरपालिका– १ थप्रेक उपशाखाको चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट सभापतिमा ठाकुरप्रसाद खनाल, महिला उपाध्यक्षमा अनिता पौडेल, सचिवमा बाबुराम वाग्ले, कोषाध्यक्षमा दानु गुरुङ, उपसचिवमा हरिबहादुर शाही,उप कोषाध्यक्षमा नुन माया गुरुङ चयन भएका छन् । त्यसैगरी महिला सदस्यमा केशमाया गुरुङ,खुल्ला सदस्यमा डिल्लीराम अधिकारी, रविचन्द्र पौडेल,गोविन्दराज सुवेदी र ठाकुरप्रसाद पौडेल चयन भएका छन् ।

शाखाका सभापति शमशेरबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा उपशाखाका उपसचिव बाबुराम वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसैगरी शाखाका सचिव ठाकुरप्रसाद खनालले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने शाखाका कोषाध्यक्ष अनिता पौडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा तनहुँ जिल्ला शाखाका सभापति प्राडा कृष्णप्रसाद गौतम, विशिष्ट अतिथि शुक्ला गण्डकी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रविचन्द्र पौडेल, रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका पूर्व कार्यवाहक अध्यक्ष डिल्लीराम अधिकारी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुका पूर्व उपमन्त्री इन्द्र प्रसाद पौडेल लगायतका वक्ताहरुले रेडक्रसको ईतिहास र भावी कार्यदिशाका बारेमा चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखा वरिष्ठ शाखा अधिकृत ईमनाथ भट्टले सहजिकरण गरेका थिए । त्यसैगरी पदेन सदस्यहरूमा निवर्तमान सभापति शमशेरबहादुर गुरुङ भएका छन् भने पदेन सदस्यमध्ये एकजना सदस्य शुक्ला नगरपालिका वडा नम्बर १ बाट निर्वाचित जनप्रतिनिधि मध्येबाट चयन हुने निर्वाचन अधिकारी तनहुँ जिल्ला शाखाका उपकोषाध्यक्ष हरि सिग्देलले जानकारी दिए ।

























