म्याग्दे गाउँपालिकाले कृषकहरूलाइ निशुल्क माछा वितरण गर्ने:

तनहुँकाे म्याग्दे गाउँपालिकाले पालिका भित्रका कृषकहरू लाई निशुल्क रूपमा माछा भुराहरू वितरण गर्ने भएको छ ।
म्याग्दे गाउँपालिका पशु सेवा उपशाखाको आ.व ०८०/८१को वार्षिक स्वीकृत कार्यक्रम अनुसार निःशुल्क माछा भुरा वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

त्यसको लागि म्याग्दे गाउँपालिका भित्र बसोबास गरि माछा पालन गर्दै आएका कृषकहरुको लागि प्रति रोपनी ६०० को दरले कमन कार्प जातका माछाका भुराहरु निःशुल्क वितरण गरिने अधिकारीले जानकारी दिए । निशुल्क भुरा माछा पाउनकाे लागि सूचना प्रकाशित मितिले २०८०/१२/२२ (१० दिन) भित्र पशु सेवा उपशाखामा निवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

माछा भुरा पाउनकाे लागि कृषकहरूले माछा पोखरीको क्षेत्रफल खुल्ने गरी निवेदन , सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको फोटोकपी ,
फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सहितका कागजातहरु पेश गर्नुपर्ने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page