जनप्रतिनिधि र कर्मचारीका छाेराछाेरीलाइ सामुदायिक बिद्यालयमा पढाउने बन्दिपुर गापाकाे निर्णय:

तनहुँकाे बन्दीपुर गाउँपालिकाले आफ्ना जनप्रतिनिधि र कर्मचारीका छाेराछाेरीलाइ सामुदायिक बिद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ ।
गाउँकार्यपालिकाको यही १४ गतेको निर्णय अनुसार पालिकाका जनप्रतिनिधिहरु, गाउँपालिका भित्र कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समितिका सम्पुर्ण पदाधिकारी तथा शिक्षक अभिभावक संघका सम्पुर्ण पदाधिकारीहरुले आफ्ना छाेराछाेरीलाइ सामुदायिक बिद्यालयमा पढाउनु पर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

आगामी शैक्षिक सत्र २०८१ देखी आफ्ना छोरा छोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठनपाठन गराउने निर्णय भएकाले सो निर्णय कार्यान्वयन गर्नु गराउनु हुन सम्बन्धित सरोकारवालाहरु सबैमा अनुरोध गरिएको छ अध्यक्ष थापाले भने । गाउँपालिकाकाे उक्त निर्णयकाे सराेकारवाला हरूले स्वागतयोग्य निर्णय भएको बताएका छन् । निर्णय राम्रो छ तर कार्यान्वयनमा चुनाैति छ उनीहरूले भनेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page