जामुनेमा ट्रयाक खुलेको ३० वर्षमा कालाेपत्रे:

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं २ स्थित पिपलडी कृषि माेटर मार्ग कालाेपत्रे भएको छ । ट्रयाक खुलेको करिब ३० बर्ष पछि उक्त माेटरमार्ग कालाेपत्रे भएको म्याग्दे २ का वडा सदस्य रमेश अधिकारीले बताए । प्रदेश सरकारकाे ३० लाख बजेटमा ४ सय २० मिटर बाटो कालाेपत्रे गरिएको अधिकारीले जानकारी दिए ।

पृथ्वीराजमार्गमा जाेडिएकाे उक्त बाटोमा गाउँपालिका तथा वडाको सहयोगमा नाैसय मिटर पक्की नाला समेत निर्माण सम्पन्न भएको छ । बाटो कालाेपत्रे भए पछि त्यस क्षेत्रका सय भन्दा बढी घर धुरीका बासिन्दा लाभान्वित भएका छन् । लामो समयदेखिकाे बाटो कालाेपत्रेकाे सपना पूरा भएको भन्दै स्थानीयहरू खुसी भएका छन् ।

यस सँगसँगै अब कालाेपत्रे हुन बाँकी करिब छ सय मिटर बाटोकाे कामले पनि निरन्तरता पाएर सम्पन्न हुन सके अन्य सबै स्थानीय समेत लाभान्वित हुने वडा सदस्य अधिकारीकाे भनाइ छ । त्यसको लागि सराेकारवाला निकायकाे तत्कालै ध्यान गई बजेट निकासाकाे लागि ध्यानाकर्षण हाेस् ,अधिकारीले भने ।




































