ब्याडमिन्टन प्रतियोगितामा प्रहरीकाे टिम प्रथम , ढाेर ब्याडमिन्टन द्धितीय तथा थर्पु र शुक्ला तृतीय:

तनहुँकाे शुक्लागण्डकी ब्याडमिन्टन संघले आयाेजना गरेको तनहुँ जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीकाे टिम प्रथम भएको छ । संघको दोस्रो बार्षिकोत्सवको अवसरमा दुलेगौंडामा आयाेजित प्रतियोगितामा प्रहरीका धनबहादुर गुरूङ र सुरेन्द्र गुरूङकाे टिम प्रथम भएको हाे । नेपाल पुलिस टिमले फाइनल खेलमा ढाेर ब्याडमिन्टन क्लबका सुशील थापा भुजेल र धिरज केसी काे टिमलाई पराजित गरेको थियो ।

प्रतियोगितामा पुलिस टिमसँग पराजित हुँदा ढाेर ब्याडमिन्टन क्लबका सुशील थापा भुजेल र धिराज केसीले द्धितीय स्थानमा चित्त बुझाउनु पर्याे ।

यसैगरी प्रतियोगितामा थर्पु ब्याडमिन्टन क्लबका सुवाेध आले र रेख श्रेष्ठको साथै शुक्लागण्डकी जीअस ब्याडमिन्टन क्लबका प्रदिप मल्ल र विमल बानियाँ काे टिम तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुने टिमले क्रमश नगद २५ हजार, १५ हजार र १० हजारका साथमा शिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
संघका अध्यक्ष बोमबहादुर गमालको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी-६ का अध्यक्ष बुद्धिबहादुर थापा, शुक्लागण्डकी-८ का अध्यक्ष नारायण सिंह थापा , म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठ , संघका वरिष्ठ उपाध्यक्ष एवम् खेल संयाेजक क्या.पदम बहादुर आले , संघका सचिव बरदान क्षेत्री लगायतकाे उपस्थिति रहेको थियाे ।




































