प्रदेशबाट पुरस्कृत इ प्र का आबुखैरेनीका प्रमुख सुवेदी गाउँपालिकाबाट सम्मानित

प्रदेशबाट पुरस्कृत इ प्र का आबुखैरेनीका प्रमुख सुवेदी गाउँपालिकाबाट सम्मानित

इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेकप्रसाद सुवेदी सम्मानित भएका छन्। सुवेदीलाई गाउँपालिकाले बुधबार सम्मान गरेको हो । आबुखैरेनी गाउँपालिकाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक स्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै त्यस क्षेत्रको शान्ति सुरक्षामा उल्लेखनीय भुमिका निर्वाह गरेकाले प्रहरी निरीक्षक सुवेदीलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

सम्मानित भएपछि सुवेदीले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आफू प्रतिबद्द रहेको बताए । पछिल्लो समय आबुखैरेनी प्रहरीले ठूलो परिमाणमा लागू औसध समात्ने तथा सेवनकर्ता र कारोबारी समेत पक्राउ गर्दै आएको छ । सुवेदी गत महिना गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी समेत घाेसित भइ पुरस्कृत भएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page