भानुका युवाहरूलाई एक महिने ड्राइभिङ तालिम

भानुका युवाहरूलाई एक महिने ड्राइभिङ तालिम

भानु नगरपालिकाका युवाहरूलाइ एक महिने हलुका सवारी साधन ( ड्राइभिङ ) तालिम दिइएको छ ।
नगरपालिकाको आयोजना तथा सिद्ध गुफा ड्राइभिङ्ग प्रशिक्षण केन्द्र प्रा.लि.,बिमलनगरको संयोजनमा एक महिने हलुका सवारी साधन तालिम दिइएको हाे । जेठ १८ गतेदेखि असार १७ गतेसम्म सञ्चालन गरिएको तालिममा १३ वटा वडाबाट १३ जना युवाहरू सहभागी रहेका थिए ।उनिहरूले सवारी साधन चलाउने व्यावसायिक सीप हासिल गरेका छन्।

तालिम सम्पन्न पश्चात् भानु नगरपालिका प्रमुख आनन्द राज त्रिपाठीले आयोजित समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षण प्रमाणपत्र वितरण गरेका थिए । “सिप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारासहित सञ्चालित यस तालिमले स्थानीय युवालाई आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको छ। प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गाैतम भण्डारी लगायतको सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page