शुक्लागण्डकिकि फरार भट्टराई र सिन्धुलीका तामाङ पक्राउ
उच्च अदालत पोखराबाट बैकिङ कसुर मुद्दामा दाेसि देखिइ फरार रहेका दुई जनालाई इलाका प्रहरी कार्यालय बेलचाैताराले पक्राउ गरेको छ ।

कुल रु. २१ लाख ८४ हजार ८ सय जरीवाना भई फरार रहेका तनहुँकाे शुक्लागण्डकी न.पा. वडा नं. ०८ बस्ने वर्ष ३२ कि साबित्री भट्टराई र तनहुँ जिल्ला अदालतबाट लागूऔषध (गाँजा) मुद्दामा दाेसि भई फरार रहेका सिन्धुली कमलामाई न.पा. वडा नं. १२ घर भई हाल कास्की म.न.पा. वडा नं.१० नयाँबजार बस्ने वर्ष २६ को विवेक तामाङलाई प्रहरीले पक्राउ गरेको हाे । माघ ८ गते पक्राउ परेका उनिहरूलाइ तनहुँ जिल्ला अदालत पेश गरीएकाे प्रहरीले जनाएको छ ।

























