उद्योग बाणिज्य संघमा सेन्डिकेट , १ जना महिला उम्मेदवार सबैकाे ताराे
तनहुँ उद्योग बाणिज्य संघमा सेन्डिकेट प्रथा माैलाएकाे भन्दै अधिकांश व्यवसायीहरू रुष्ट भएका छन् । सेन्डिकेट प्रथाले राम्राकाे हैन हाम्राकाे हाे बाणिज्य संघ भन्ने बनाएको उनिहरूकाे आराेप छ । यस्तै उद्योग बाणिज्य संघले इतिहासमै पहिलोपटक उपाध्यक्षमा महिला पाउँदा अवसर गुमाएको छ । उम्मेदवारी दिएका केही त चुनाव लड्छु , प्रजातान्त्रिक अभ्यासमा जाउँ भन्दापनि पाएका छैनन् । यसले यहाँ दादागिरी छ , सेन्डिकेट छ र केही मानिसको कब्जामा उद्योग बाणिज्य संघ छ भन्ने प्रस्ट हुन्छ ।

व्यवसायी खगेन्द्र सुवेदी यो उधोग बाणिज्य संघले कर का हाकिम ,पुलिस का हाकिम र सिडियो लाई स्वागत र बिदाइ बाहेक अरु व्यापारी को हक हितमा माखाे नमारेकाे बताउँछन् । भएका सदस्यले नवीकरण किन गरेनन् भन्ने ध्यान छैन , व्यवसायी बिस्थापित हुँदै गएको चासो छैन , खाली राजनितिक स्वार्थ को भर्र्याङ् बनाउने मात्रै काम गर्छन् सुवेदीले भनेका छन् । यस्तै अर्का युवा व्यवसायी मलिन मल्लले संघ लाई समाबेशी बनाउन पदाधिकारी हरु मध्ये बाट एक जना महिला प्रतिनिधि को उपस्थिति असाध्यै सुन्दर देखिने बताउँछन् । यति पनि हाम्रा ब्यबसायी अग्रजहरु ले बुझ्न नसक्नु अत्यन्तै दुखद बिषय भएको उनको भनाइ छ । अर्का युवा व्यवसायी भरतकृष्ण श्रेष्ठले उद्योग बाणिज्य संघ भित्र राजनीति गर्ने भए सबै जाती र भेग समेटेर राजनिती गर्न सुझाव दिएका छन् ।” एक फुलको गमला भन्दा सयौ फुल फुल्ने बगैचा कैयौ गुणा सुन्दर देखिन्छ” , श्रेष्ठले भनेका छन् ।

श्रेष्ठको जस्तै भनाइ अर्का व्यवसायी रामकृष्ण क्षेत्रीकाे पनि छ । युवा व्यवसायी क्षेत्री भन्छन् यस्तो प्रवृत्ति हटाउने साहस गर्दै जानुपर्छ । अहिले बजार फाेहाेरकाे समस्याले ग्रस्त छ , यस्तो बेलामा उद्योग बाणिज्य संघले चुक्क बाेल्दैन खालि पद मात्रै हत्याउन ध्यान छ अर्का युवा व्यवसायी सुरज शाहले भनेका छन् ।
तनहुँ उद्योग बाणिज्य संघको इतिहासमै पहिलोपटक उपाध्यक्ष पदमा महिला उम्मेदवार सकुन्तला आलेकाे उम्मेदवारी परेको थियो । संघको १७ औ महाधिवेशन सम्म आइपुग्दा पनि एकजना महिलाले कार्यकारी पदमा उम्मेदवारी दिन सम्म नसकेको अवस्थामा सकुन्तला साहसका साथ अगाडि बढेकि थिइन् । म तनहुँ उद्योग बाणिज्य संघको इतिहास रच्न सबै महिलाको प्रतिनिधित्व गरेर आएकाे छु आलेले उम्मेदवारी दिँदा भनेकि थिइन् ।
उम्मेदवारी दिँदा देखिनै फिर्ता लिनपर्छ भनेर एउटा पुरूष समुहको ठुलो सक्ति उनिमाथि खनिईरहेकाे थियो , उनलाई ताराे बनाइरहेको थियो ।
एकजना महिला उम्मेदवार हुँदा सबैले सपाेर्ट गरेर ल अगाडि बढ्नुपर्छ भन्ने साेच्नुपर्नेमा महिला त हाेनि हामीले भनेपछि मान्नुपर्छ भन्ने किसिमको निरन्तरकाे दबाबले उनको उम्मेदवारी कायम रहन्छकि रहँदैन भन्ने द्विविधा बढेको छ ।
त्यतिमात्र हाेइन उद्योग बाणिज्य संघमा आफुलाइ बरिस्ठ हाे भन्नेहरूले यसपटकको सेन्डिकेट मात्रै हाेइन अर्कोपटककाे अधिवेशनमा समेत भागबन्डा गरेर पद बाँडफाँड गरिसकेको बुझिन आएकाे छ ।
























