नेपाल इन्भेष्टमेण्ट मेगा बैंक जामुने शाखा द्वारा मीन माविलाइ एक लाख आर्थिक सहयोग

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि जामुने शाखाले मीन माध्यमिक बिद्यालय थर्पुलाइ आर्थिक सहयोग गरेको छ । बैंककाे संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विपद् जोखिम न्यूनीकरणको लागि विद्यालयलाई आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।

गत जेठ १ गते विहिबार आएको भिषण हावा हुरी र वर्षाको कारणले विद्यालयको पुरानो १२ कोठे भवनको ढुङ्गाको छानो उडाएको थियो । छानाे उडाउँदा कक्षा तथा कार्यालय सञ्चालन गर्न समेत बाधा पुगेकोले उक्त भवनको ढुङ्गा निकाली टिन ट्रस निर्माणको लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. जामुने शाखाद्धारा उक्त सहयोग गरिएको हाे ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत रहि उक्त भवनको ढुङ्गाको छानो हटाई जस्तापाता र ट्रस निर्माणका लागि सहयोग गरिएको हाे । बैंकले विद्यालयको पुरानो भवनको छाना निमार्णको लागि रु एक लाख सहयोग प्रदान गरेकाे शाखा प्रमुख विश्वराज पौडेलले जानकारी दिए ।

बुधबार बिद्यालयमा आयाेजित एक कार्यक्रममा एक लाखको चेक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. जामुने शाखा प्रमुख विश्वराज पौडेलले विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष श्री दिपक कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग कार्यक्रममा विद्यालयका प्र.अ. राजेन्द्र भण्डारी, शि.अ.स.का अध्यक्ष चित्र बहादुर शाही लगायत सम्पुर्ण शिक्षकहरु तथा एन.आई.एम.वि.का कर्मचारी अर्जुन घिमिरेको उपस्थिती रहेकाे थियो ।

























