बन्दिपुर ६ काे वागेश्री मन्दिरको लागि घण्टी प्रदान:

तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नंं ६ मा पर्ने बागेश्वरी मन्दिर र कमलबारी को लागि २ थान घण्टी प्रदान गरीएको छ । बन्दिपुर पर्यटकीय हिमाबले मात्र नभई धार्मिक र सांस्कृतिक हिसाबले पनि अति महत्वपूण स्थान हो । यसको उत्थान र प्रवर्दन गर्ने हेतुले शम्भु श्रेष्ठ र दिनेश प्रधानको संयोजकत्वमा ४२ हजार रुपैयाँ बराबरको २ थान घण्टी प्रदान गरिएको बागेश्वरी यूवा क्लवका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।
उक्त घण्टीको लागि रकम शम्भु श्रेष्ठ, दिनेश प्रधान, दिपेश बानिया , मुना श्रेष्ठ, अर्जुन बस्याल, सुसिल न्यौपाने, सुरेन्द गुरुङ, जिनेन्द्र भुमि, आच्यो गुरुङ, सन्तोष शाही, कमन सिंह गुरुङ,सन्तोष थापा मगर, रविन अधिकारी, सर्मिला पौडेल, शत्रुधन दास आदि व्यक्तिहरुको सहयोग रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बागेश्री मन्दिर जाने बाटो निर्माण भई रहेको र यस मन्दिरको प्रचार प्रसार गर्न सकिएमा आन्तरिक र बाहिय धार्मिक पर्यटको माध्यमबाट समग्र बन्दिपुर पालिको विकासमा टेवा पुग्न सक्ने बारे क्लवका अध्यक्ष गुरुङले बताए ।

मन्दिरमा चैत गत १२ गते बिशेष पुजा समेत गरिएको र यस मन्दिरका पुजा गर्नाले बोल्न नसक्ने वा बोली प्रष्ट नभएकाहरुको बोली प्रष्ट हुने धार्मिक विश्वास रहेको मन्दिरका पुजारी बुद्धि बहादुर गुरुङले जनकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page