भानु नगरपालिकाले वडामै पुगेर राष्ट्रिय परिचयपत्र बाँड्याे

भानु नगरपालिकाले वडातहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । जसअनुसार वडा नं १३ वडा कार्यालयद्वारा आज नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हाे ।
स्थानीय स्तरमै सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले वडा कार्यालयबाटै परिचयपत्र वितरण गरिएकाे भानु नगरपालिकाले जनाएको छ । वडामै परिचयपत्र वितरणलाई भानुबासीले एक सकारात्मक पहलको रुपमा हेरेका छन् ।

वितरण कार्यक्रममा भानु–१३ का वडाध्यक्षसहित अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियाे । यस अभियानमार्फत वडा भित्रका धेरै नागरिकहरूले आफ्नो परिचयपत्र सहज रूपमा प्राप्त गर्न सफल भएका छन्।

























