विपि स्मृति दिवसमा भएको कविता प्रतियोगितामा नारायणी अधिकारी प्रथम

विपि स्मृति दिवसमा भएको कविता प्रतियोगितामा नारायणी अधिकारी प्रथम

नेपाली काङ्ग्रेस तनहूँले आज नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका संस्थापक नेता स्व.विश्वेश्वर प्रसाद कोइरालाको ४३औ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्मृति दिवसको अवसरमा पार्टी कार्यालय, व्यास -३, दमौलीमा खुल्ला रक्तदान तथा खुल्ला कविता प्रतियोगिता गरेको छ ।

कविता प्रतियोगितामा सहभागी २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै आदिकवि भानुभक्त क्याम्पसको नेपाली विषयको सहायक प्राध्यापक नारायणी अधिकारी प्रथम भएकी छन् । यस्तै प्रतियोगितामा लक्ष्मी पाैडेल द्धितिय र शान्ता वास्ताेला तृतीय भएकि छन् । प्रथम , द्धितिय तथा तृतीय हुने अधिकारी , पाैडेल र बास्तोलालाइ काङ्ग्रेस पार्टी सभापति जितप्रकाश आले लगायतले पुरस्कार वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page