म्याग्देमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न:


म्याग्दे गाउँपालिका तनहुँको सार्वजनिक सुनवाई कार्यक्रम शुक्रबार गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनमा सम्पन्न भएको छ ।

गाउँपालिका तथा मातहतका कार्यालयबाट आर्थिक वर्ष २०८०÷०८१ को दोश्रो चौमासिक अवधिमा सन्चालित कार्यक्रम, सेवा प्रवाह तथा विकास आयोजना बारेमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको थियो । खासगरी वडा नं ४ , ६ र ७ नम्बर वडा बासि लक्षित सार्वजनिक सुनुवाइमा विभिन्न शाखा प्रमुखहरूले प्रगति बिवरण प्रस्तुत गरेका थिए ।



उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे ,
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी , वडा नं ४ का अध्यक्ष दिपक श्रेष्ठ , ६ का अध्यक्ष हिरा गुरूङ , वडा नं ७ का अध्यक्ष बसन्त श्रेष्ठ , अन्य
जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरूकाे उपस्थिति रहेको थियो । लोकवाणी पब्लिकेसन प्रा.लि. दमौली तनहुँको सहजिकरणमा उक्त सार्वजनिक सुनुवाइ भएको थियो ।




































