शिक्षक संघ, तनहुँ द्वारा अन्तरपालिका शिक्षक सरूवा नगर्न ध्यानाकर्षण

नेपाल शिक्षक संघ, तनहुँले तत्काल अन्तरपालिका शिक्षक सरूवा नगर्न ध्यानाकर्षण गराएको छ ।

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको अन्तिम नतिजा प्रकाशन भएको सन्दर्भमा अन्तरपालिका शिक्षक सरुवा गर्दा करारमा रहेका शिक्षक विस्थापित हुने हुदाँ प्राथमिक तहको नियुक्ति प्रकृया र पदस्थापन सम्पन्न नहुदा सम्म अन्तरपालिका सरुवा स्थगित गर्न अनुरोध गरेको छ ।

नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबू भट्टराई तथा सचिव नरेन्द्र न्याैपाने द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख गरे अनुसार यदि सरुवा गर्नु पर्ने भएमा सरुवा भै जाने स्थानिय तहमा माग गरेको दरवन्दिमा जति जना सरुवा भै जाने हो सोहि संख्यामा रिक्त दरबन्दि घटाउने र शिक्षक सरुवा भै रिक्त हुने स्थानिय तहमा पहिले माग गरेको दरबन्दिमा जति जना शिक्षक सरुवा भै दरबन्दि रिक्त हुने हो सोहि संख्यामा दरबन्दि थप गरि पदस्थापना गर्ने सर्तमा शिक्षक सरुवा गर्न गराउन अनुरोध गर्ने निर्णय नेपाल शिक्षक संघ जिल्लाकार्य समिति तनहुँको निर्णय भएको हुदा सोहि अनुसार मात्र गर्नु हुन अनुरोध छ , पत्रमा भनिएको छ ।

वर्तमान समयमा देखा परेका समसामयिक विषयमा शिक्षा विकास तथा समन्वय इकाई तनहुँलाई ध्यानाकर्षण पत्र बुझाइएको र याे बाहेकको काम गरेमा यसको जवाफदेहि शिक्षा विकास तथा समन्वय इकाई नैं हुने समेत शिक्षक संघले उल्लेख गरेको छ ।

यस्तै संघले विद्यालय व्यवस्थापन समितिको दोहोरो सहमतिमा, शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ नवाझिने गरी, संघ, संगठनका प्रतिनिधिको रोहवरमा र शिक्षकको पेशागत सम्मान हुने गरी र शैक्षिक गुणस्त अभिवृद्धि हुने जस्ता प्रकृ‌यालाई अवलम्बन गरी मात्रै सरूवा गर्न सम्बन्धित सबै स्थानीय तहका प्रमुखलाई अवगत गराएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page