नमस्तेलाल भुमिकाे देशभित्र , देशबाहिर पुस्तककाे सांसद भण्डारी द्वारा विमाेचन

नमस्तेलाल भुमि द्वारा लिखित देशभित्र , देशबाहिर पुस्तककाे नेपाली काङ्ग्रेसका नेता , पुर्व मन्त्री एवम् सांसद शंकर भण्डारीले विमाेचन गरेका छन् । सनिवार उद्योग बाणिज्य संघको हल दमाैलीमा आयाेजित एक कार्यक्रमका बिच भण्डारीले पुस्तककाे बिमाेचन गरेका हुन् ।

पुस्तक बिमाेचन कार्यक्रममा बाेल्दै नेता भण्डारीले नमस्ते लाल भूमि तनहुँको गहना भएको हुँदा तनहुँबासीले भूमिको सम्मान गर्नुपर्ने बताए । भूमिले मुलुक भित्र मात्र नभई अन्तराष्ट्रिय जगतमा समेत योगदान पुरयाएको विषय जिल्लाबासीका लागि समेत गौरवको विषय भएको सांसद भण्डारीको भनाई थियो । भूमिले पुस्तक मार्फत दिएको सन्देश समाजमा प्रवाह गर्न समेत सांसद भण्डारीले आग्रह गरेका थिए ।


पुस्तक विमोचन कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै,नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ , एमालेका नेता पिएल श्रेष्ठ, रास्वपाका जिल्ला संयोजक विश्व वास्तोला ,परशुराम गिरी ,मंगलप्रसाद श्रेष्ठ ,सागर उदास लगायतले बोलेका थिए ।




































