भानु नगरपालिकाका अधिकांश मुद्दा मेलमिलाप बाटै समाधान

भानु नगरपालिकाका अधिकांश मुद्दा मेलमिलाप बाटै समाधान

तनहुँ, साउन २६ गते । तनहुँको भानु नगरपालिकाकाे न्यायिक समितिले मिलापत्रबाटै मुद्दाको समाधान गरेको छ । मेलमिलापको माध्यमबाट मुद्दाको छिनोफानो गर्दा पक्ष र विपक्षको सम्बन्ध राम्रो हुने र समयको बचत हुने हुँदा नगरपालिकाले मेलमिलापकाे पद्धति अपनाएकाे हाे । नगरपालिकामा परेका अधिकांश मुद्दा मेलमिलाप तथा छलफलका माध्यमबाट टुङ्गो लगाउने गरिएको समितिले जनाएकाे छ । दुवैलाई जीतको महशुस बनाउन मिलापत्रबाटै समाधान गरिएको हाे न्यायिक समितिले भनेको छ । समितिका अनुसार हार र जीतको अवस्थामा दुवैलाई नोक्सान हुन्छ भनि सम्झाई बुझाई परामर्श दिएर मेलमिलापको माध्यमबाट समाधान गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा पानी कुलाे सिंचाइ सम्बन्धि ४ , जग्गा सम्बन्धि ३ , ज्याला मज्दुर सम्बन्ध बिच्छेद , सहकारी सम्बन्धि लगायतका गरि ४१ वटा मुद्दाकाे निवेदन परेकाे न्यायिक समिति संयोजक तथा नगरपालिकाकि उपमेयर उमा गाेतामेले जानकारी दिइन् । आव २०८०/८१ मा दायित्व सरी आएको १ सहित आव २०८१/८२ मा समेतको गरि छलफलकाे क्रममा रहेको १५ , सम्पर्कमा नआएकाे ७ , फिर्ता भएको २ , फर्छाैट भएको ११ गरी ४१ वटा मुद्दा दर्ता भएको उपप्रमुख गाेतामेले जानकारी दिइन्। अदालती प्रकृयामा जाँदा खर्चिलो हुने एउटाको जीत र अर्काको हार हुने अवस्था रहेपनि न्यायीक समितिले दुुवै पक्षको जीत जीतको अवस्था सुनिश्चित गर्दै आएकाे उपमेयर गाेतामेले बताइन् ।

न्यायीक समितिबाट आँफुुहरुले पाएको क्षेत्राधिकारभित्र रही परेका उजुरीलाई धेरै हदसम्म निरुपण गर्न सफल भएको उनी बताउँछिन् । दुुवैको जीत जीतको महसुस गराउँदै न्याय दिँदा आफुुहरुलाई काम प्रति सन्तुष्टि मिलेको गाेतामेले बताइन् । 

‘‘कानुनको पाटो र समझदारीको पाटो फरक हुन्छ हामी कहाँ मुद्धा मिलापत्रले जीत÷जीत भएको छ कसैको पनि हारजीत भएको छैन ।’’ परिवार भित्रको र समाजको विवाद घर परिवार भित्र र समाजमा नै बसेर तत्काल विवादका पक्षहरुलाई सहभागी गराएर मेलमिलापको पक्रियाद्वारा छलफल गराएर विवाद सदाका लागि समाधान ग¥यो भने समाजमा शान्ति कामय र विकास गर्न सकिने उनी बताउँछिन्।

समितिलाई दिएको क्षेत्राधिकारभित्र रहेर धेरैभन्दा धेरै विवाद समाधान गर्ने प्रयास गरिएको र अधिकांश विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएको न्यायिक समितिले जनाएको छ।

विवाद निरुपण गर्न नसकेका उजुरी जिल्ला अदालतमा पठाउन सकिने कानुनी व्यवस्था भए पनि पक्ष, विपक्ष, सँधियार, वडा प्रतिनिधि र नगपालिकाका प्राविधिकसहित फिल्ड डोर खटाइ अधिकांश मिलापत्र गरिएको समितिले जनाएको छ । उजुरी निरुपणलाई सहज बनाउन नगरपालिकाले १३ वटा वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । संयोजक गाेतामेका अनुसार वडा नं १ मा मुद्दा संख्या १० मा मिलापत्र भएको संख्या ७ , वडा नं २ मा मुद्दा संख्या २ मा मिलापत्र ० , वडा नं ३ मा मुद्दा संख्या ४८ मा मिलापत्र भएको संख्या ४३ , वडा नं ४ मा मुद्दा संख्या ४ मा मिलापत्र भएको संख्या २ , वडा नं ५ मा मुद्दा संख्या ६ मा मिलापत्र भएको ४ , वडा नं ६ मा मुद्दा संख्या ८ मा मिलापत्र ६ , वडा नं ७ मा मुद्दा संख्या ३ मा मिलापत्र भएको ३ , वडा नं ८ मा मुद्दा संख्या १० मा मिलापत्र भएको ९ , वडा नं ९ मा मुद्दा संख्या १२ मा मिलापत्र भएको ७ , वडा नं १० मा मुद्दा संख्या ४ मा मिलापत्र भएको ४ , वडा नं ११ मा मुद्दा संख्या ७ मा मिलापत्र भएको ४ , वडा नं १२ मा मुद्दा संख्या २ मा मिलापत्र भएको २ र वडा नं १३ मा मुद्दा संख्या ४ मा मिलापत्र भएको संख्या ३ भएको गाेतामेले जानकारी दिइन् । नगरपालिकाले वडामै विवाद समाधान गर्नका लागि सबै वडामा मेलमिलाप कर्ता गठन गरि न्याय प्रशासनलाई सहज ,छिटोछरितो एवम् नागरिकमैत्री बनाउने र न्यायिक सचेतना कार्यक्रम गर्ने गर्दै आएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page