च्यवनधाममा भएको वक्तित्वकला प्रतियोगितामा पञ्चमुनिदेवकी पुनम ठकुरी प्रथम

च्यवनधाममा भएको वक्तित्वकला प्रतियोगितामा पञ्चमुनिदेवकी पुनम ठकुरी प्रथम

शुक्लागण्डकी नगरपालिका वडा नं. २ स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालयकी पुनम सेन ठकुरी प्रथम भएकी छिन् । ‘साँस्कृतिक सहिष्णुतामा च्यवन धामको भूमिका’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा ठकुरीले सहभागि अन्य १३ विद्यालयका प्रतियोगिलाई पछि पार्दै प्रथम भएकी हुन् । जितसंगै ठकुरीले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छिन् । 

यस्तै प्रतियोगितामा हंंश वाहिनी माविकी मानसी खनालले द्वितीय स्थान हासिल गरेकी छन् भने कञ्चनजंघा  बोर्डिङ स्कुलकी एञ्जिला कुँवर तृतीय हुँदा माउण्ट अन्नपूर्ण एकेडेमीका सुदिप थापा र ज्ञान बगैचा इङलिस बोर्डिङ्ग स्कुलकी प्रमिसा पौडेल सान्त्वना भएका छन् । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले नगद क्रमशः ७ हजार ५ सय, ५ हजार र समान ३/३ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । 

धामले आयोजना गरेको श्रीमद्धभागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक महोत्सवको अवसरमा साउन २२ गते प्रतियोगिता भएको थियो।

शुक्लागण्डकी नगरिालिकाकाे स्थानीय पाठ्यक्रममा पनि समावेश भएको च्यवन धामको महत्वबारे विद्यार्थीमा चासाे बढाउन प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page