राष्ट्रिय स्वतन्त्र पार्टी बन्दिपुर १ मा कृष्णगाेपाल र ४ मा पुष्पराज
राष्ट्रिय स्वतन्त्र पार्टी बन्दीपुर गाउँपालिका वडा नं १ र ४ कोे वडा अधिवेशन पालिका सभापति शम्भु श्रेष्ठको सभापतित्वमा सम्मन्न भएको छ ।अधिवेशनले वडा नम्बर ४ को लागि पुष्पराज बट्टु र वडा नम्बर १ को लागि कृष्णगोपाल न्यौपाने काे सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपसभापतिमा वडा नम्बर ४ काे लागि चित्रबहादुर गुरुङ र सचिवमा देवभक्त खत्री तथा वडा नम्बर १ को लागि पवित्रा पोखरेल चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा मिनबहादुर गुरुङ, हरिलाल उपाध्याय, ओम बहादुर राउत ,तारा गुरुङ ,भक्तबहादुर थापा , चुनामणी सुवेदी चयन भएको पार्टीका जिल्ला नेता अनिल श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा केन्द्रीय जलस्रोत तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपाने र जिल्ला सभापति विश्वनाथ बास्तोला, प्रदेश सदस्य सूर्यमणि पौडेल , जिल्ला सचिव पदम न्यौपाने , निर्वाचन क्षेत्र समिति सभापति विष्णु पन्थ र सचिव शशी रुपा खेती लगायतको उपस्थिति रहेको थियो।

























